बरहथवा – जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी अशोक कुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सिंहलाई शनिबार कांग्रेसले बरहथवा नगरपालिका ११ कटानी बजारमा एक समारोहका बीच पार्टीमा भित्र्याएको हो । बरहथवा नगर क्षेत्रमा जसपा नेपालको नेतृत्व गर्दै आएका सिंह गत वर्ष भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यासी थिए ।
उनलाई शनिबार कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सरकारका स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह, प्रदेश सभा सदस्य जंगिलाल राय, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, निवर्तमान जिल्ला सभापति नागेन्द्र प्रसाद यादव, ३ नम्वर क्षेत्रका क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरेलगायत भएर फूलमाला र अविर लगाई पार्टीमा स्वागत गरेका हुन् ।
जसपा नेपालका केन्द्रिय सदस्य सिंहसहित २५० जनाको हाराहारीमा अन्य कार्यकर्तालाई पार्टीमा भित्र्याएको कांग्रेस नेताहरुले दावी गरेका छन् ।