logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कर्मोहानमा सुमो दुर्घटना, ५ जना घाइते


  • उज्यालो अभियान

बयलवास – ईश्वरपुर नगरपालिका–११ कर्मोहानमा आज (शनिबार) अपरान्ह टाटासुमो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइते सबै तेस्रो लिङ्गी हुन् । आर्थिक सहयोग संकलन गर्दै हिँडेका उनीहरु सवार बीआर ०६ पीडी ४०६३ नम्वरको टाटासुमो अनियन्त्रित भई बयलवास–बबरगन्ज सडक अन्तर्गत कर्मोहानमा सडकबाट खेतमा पल्टिएको प्रहरीले जनायो ।

घाइते पाँचै जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । उनीहरुको बयलवासमा उपचार जारी छ ।

दुर्घटनामा परेको सुमो र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मानप्रसाद श्रेष्ठले जानकारी दिए ।