प्रतिकात्मक तस्बिर ।
चक्रघट्टा – चक्रघट्टा गाउँपालिकामा शुक्रबार मध्यान्ह करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी भेगस्थित चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरमा छिमेकी छेदी साहको चापाकलमा जडान गरिएको मोटर चलाएर पानी भर्न खोज्दा करेन्ट प्रवाह भई २७ वर्षीय वीरेन्द्र साहको ज्यान गएको हो ।
साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।