logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भक्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास –  ईश्वरपुर नगरपालिका वडा नं. २ भक्तिपुर मियाँखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा साइकल यात्रु सोही ठाउँका ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको हो । गाउँको भित्री सडकमा बुधबार साँझ ५ः३० बजेतिर मोटरसाइकलले ठक्कर दिँदा साइकलमा हिँडिरहेका अन्सारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केरशगञ्ज, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

अन्सारीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि बिहीबार परिवारले बुझेका छन् । दुर्घटनामा मोटरसाइकलका चालक मियाँखोरकै २२ वर्षीय विवेक सहनी घाइते पनि घाइते भएका छन् । उनको प्रहरी निगरानीमा उपचार चलिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा छ ।