logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुर्गा पूजाको मूर्ति आज विर्सजन गरिँदै, मलंगवामा प्रहरी ‘एलर्ट’


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा दुर्गा पूजाको मूर्ति विर्सजनलाई लक्षित गरी सुरक्षा सतर्कता बढाइएको छ ।

विशेष गरी सदरमुकाम मलंगवामा प्रहरी ‘एलर्ट’ अवस्थामा रहेको एक सुरक्षा अधिकारीले जानकारी दिनुभयो । मलंगवामा पछिल्लो केही समय दुई पक्षबीचको तनावका कारण बारम्बार कफ्र्यु र निषेधाज्ञा लगाउनु परेकाले मलंगवामा प्रहरीले कडा सुरक्षा पहरा दिएको हो ।

केही दिनअघि सुरक्षा अधिकारीहरुले दुर्गा पूजा समितिका पदाधिकारीलाई राखेर बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्रमा दुर्गा पूजाको मूर्ति विर्सजन गर्ने सहमती गराइसकेका छन् । सदरमुकाम मलंगवामा बिहान १० बजेपछि आज मूर्ति सेलाउन लैजाने तयारी छ । सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले आज भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको र अत्यन्त चनाखोसाथ प्रहरी परिचालन गरिसकिएको जानकारी दिए ।

विशेष परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको दूर्गा पूजाको मूर्ति विर्सजनको क्रममा सदरमुकाम मलंगवामा ३ वटा रुट प्रयोग गर्ने सहमती भएको छ । पहिलेका वर्षहरुको रुट परिवर्तन गरी जिविस तिन बिघे मैदान, नगरपालिका चोक र शिवसागर चोक भएर निकालिने दुर्गा पूजा विर्सजन ¥याली निर्धारित रुट हुँदै मलंगवा नगरपालिका वडा नं. ४ शिवसागर चोकस्थित वडा कार्यालय नजिकको पोखरीमा लगेर टुंग्याउने निर्णय भएको छ ।

डीएसपी थारुले सदरमुकाम मलंगवासहित जिल्लाभरकै दुर्गा पूजास्थलदेखि जलाशयसम्म प्रहरीले सुरक्षा पहरा दिने बताए ।