पुरानो तस्बिर ।
हरिवन – पूर्व पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–१०, नयाँरोडमा शंकास्पद वस्तु फेला परेको छ ।
नयाँरोडस्थित बस बिसौनीमा खादको बोरामा मुख बाँधिएको अवस्थामा फेला परेको र सो वस्तु शंकास्पद जस्तो देखिएको प्रहरीले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले घटनास्थल सुरक्षित राखी नेपाली सेनाको टोली बोलाइएको उज्यालो अभियानसँग बताए।