logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी वडाध्यक्ष कप फुटबल : वडा नं. २ र १६ फाइनलमा


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी नगरपालिका–८, मा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं. २ र १६ ले खेल्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै यि दुई वडाले फाइनलमा भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा वडा नं. २ ले वडा नं. १७ लाईन ट्राइब्रेकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो ।

दोस्रो सेमिफाइनल खेलमा वडा नं. १६ ले वडा नं. ६ लाई २–१ गोलले स्तब्ध पार्यो । डिफेन्डिङ च्याम्पियन अर्थात् साबिक बिजेता वडा नं. १६ ले यसअघि दुई पटक उपाधि जितिसकेको छ । यो पटकको फाइनलमा फेरि बिजयी भए वडा नं. १६ ले उपाधिमाथि ह्याट्रिक गर्ने छ ।

नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार वडा नं. ८ ले आयोजना गरिरहेको यस प्रतियोगिताको फाइनल खेल पर्सी ३ गते हुने छ । प्रतियोगितामा तेस्रो स्थानका लागि भोली वडा नं. ६ र १७ ले खेल्ने छन् । प्रतियोगिताको बिजेताले १ लाख, उपबिजेताले ५० हजार र तेस्रो हुने वडाले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

फुटबल प्रशिक्षक अर्जुन चौधरीका अनुसार प्रतियोगितामा भोली नै लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको महिला फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ ।