logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा ठड्याइयो लिङ्गे पिङ


  • उज्यालो अभियान

हरिवन – उद्योग वाणिज्य सङ्घको अगुवाईमा सर्लाहीको हरिवनमा दशैँका लागि लिङ्गे पिङ ठड्याइएको छ ।

एक वर्षमा आउने प्रमुख चाड दशैँलाई थप उल्लासमय बनाउन र सँस्कृतिको जर्गेना गरिराख्न हरिवन नगरपालिका–९, नोचास्थित मन्दिर अगाडि लिङ्गे पिङ हालिएको हो । स्थानीय वासिन्दा तथा पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्नेले चाडबाडमा पिङ खेल्न पाउने गरी सशस्त्र प्रहरीका जनशक्तिसँग श्रमदान सहयोग लिई पिङ हालिएको उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिनुभयो ।

हरिवनस्थित सशस्त्र प्रहरी बेसका सुरक्षाकर्मीले आइतबार घटस्थापनाको दिन पारेर पिङ गाडिदिएका छन् । पछिल्लो समय गाउँघरमा लिङ्गे पिङ लोप हुँदै गइरहेको छ ।
युवा समूह सक्रिय भएर गाउँघरमा पिङ हाल्ने र दशैँ, तीहारमा रमाइलो गर्ने चलन हराउँदै गएकोमा धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।