हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा पर्ने लक्ष्मीनाथ चिताईन सामुदायिक वन उपभोक्ता समूहको शनिबार ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वन समूहका अध्यक्ष पुजन चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र हरिपुर नगरका मेयर गोपाल पंजियारको विशिष्ठ आतिथ्यतामा चिताईन पर्यटन विकास क्षेत्रको भवनमा साधारण सभा सम्पन्न गरिएको हो ।
सभामा संस्थाको गत आर्थिक वर्ष २०७९/०८० को आय व्यय, वार्षिक गरेका कामको प्रगति सार्वजनिक गरिएको वनका सल्लाहकार चेतनारायण धामीले जानकारी दिए ।