मलंगवा – सर्लाहीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीलाई शुक्रबार विभिन्न कार्यालय र संघसंस्थाले बिदाई गरेका छन् ।
एकैसाथ सरुवा भएका सीडियो यादव र एसपी सुवेदीलाई विभिन्न निकायबाट बिदाई गरिएको हो । उनीहरु दुवैलाई कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा बिदाई गरेको छ ।
मलंगवा नगरपालिकाले सीडीओ यादवलाई बिदाई गरेको छ । प्रदेश सांसद कौशलकिशोर राय, मेयर नागेन्द्र प्रसाद यादवलगायत भएर बिदाई गरे ।
अपराध अनुसन्धान महाशाखा काठमाडौंमा सरुवा हुनुभएका एसपी सुवेदी शुक्रबार नै बिदाई भएर गइसकेका छन् । डीएसपी दीपेन्द्र पन्जियार थारुले नयाँ एसपी प्रवीण धिताल नआउन्जेल निमित्त प्रहरी प्रमुखको नेतृत्व सम्हाल्ने छन् ।
सीडीओ यादव भने शनिबार बिदाई भएर जाने जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । यादवको ईलाम जिल्लामा सरुवा भएको छ ।
नयाँ सीडीओ कोमल प्रसाद धमला सोमबार आउने छन् ।