कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं। १२ कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त वडा बनाउने उदेश्यले शुक्रबार गाउँमा बृहत ¥याली निकालिएको छ ।
वडा स्तरीय बाल अधिकार समिति, बाल क्लब, वडा स्तरीय बाल विवाह न्यूनिकरण समितिको संयुक्त आयोजना, ग्रामीण नारी उत्थान संघको सहयोग र नगरपालिका कार्यालयको समन्वयमा गाउँको मुख्य चारैतिरको सडकमा बृहत ¥याली निकालिएको हो । सुकेपुरबाट सुरु गरिएको ¥याली नयाँटोल, बजारटोलगायत क्षेत्रमा परिक्रमा गरी नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा पुगेर कोण सभामा परिणत भएको ग्रामीण नारी उत्थान संघकी सामाजिक परिचालक विन्दा लुंगेलीले जानकारी दिईन् ।
वडा स्तरीय बाल अधिकार समितिका अध्यक्ष एवं कालिन्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीको अध्यक्षता एवं ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित बाजागाजासहितको ¥यालीमा शिक्षक, दलका प्रतिनिधि, विद्यार्थी, महिला सन्जाल, स्वयंसेविका, बाल क्लबका बालबालिका, अगुवा, अभिभावकलगायत बालविवाहविरुद्धको विभिन्न नारा लेखिएको प्ले–कार्डसहित सहभागी भएका थिए । वडालाई बाल विवाहमुक्त बनाउन अब सबैले आ–आफ्नो ठाउँबाट लागि पर्ने निर्णय स्थानीय सरोकारवालाले यसअघि नै गरिसकेका छन् ।