logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जलाउन लागेको महिलाको शव प्रहरी नियन्त्रणमा


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा – सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित रामनगरमा बुधबार दिउँसो अन्तिम संस्कारका लागि तयारी गर्दै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनुसन्धानका लागि मृतक महिलाका श्रीमान, ससुरा र देवरलाई पनि नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती वर्ष २१ की मनिषा साहको शव प्रहरीले शंका लागेर जलाउन लागेको अवस्थामा खोलाबाट नियन्त्रणमा लिएको हो ।

महिलाको शंकास्पद मृत्युको सूचना पाए लगतै नजिकको मनुष्मारा खोलामा जलाउन ठिक्क परेको अवस्थामा शव नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार महिलाको घाँटीमा निलडाम देखिएको छ ।

महिलाको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ । अनुसन्धानका लागि महिलाको श्रीमान सुनिल, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई प्रहरीले नियन्त्रणमा लिइएको एसपी सुवेदीले बताए ।

घटनास्थल र मृतक महिलाको घरमा प्रहरीले अनुसन्धानको गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।