logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा नेकपा एमालेले निकाल्यो सद्भाव र्याली


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा मंगलबार साँझ नेकपा एमालेले सद्भाव ¥याली निकालेको छ ।

नेकपा एमाले लालबन्दी नगर कमिटीले सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा केही दिनदेखि सामाजिक सद्भावमा आच पुग्ने गरी भइरहेको गतिविधिलाई लक्षित गरी लालबन्दी बजारमा सद्भाव ¥याली निकालेको हो । ‘हिन्दु–मुस्लिम भाईभाई, कोही छैन पराई’ भन्ने नारासहित एमाले लालबन्दी नगर कमिटीका अध्यक्ष सरोजबाबु न्यौपानेको नेतृत्वमा सद्भाव ¥याली निकालिएको एमाले लालबन्दी नगर कमिटीका सचिव शिवहरि गौतमले जानकारी दिए ।

¥यालीपश्चात सद्भाव र शान्तिको कामनासहित दीप प्रज्वलन गरी कोण सभा गरिएको छ । नेकपा एमालेका नेता तथा लालबन्दी नगरपालिका नगरप्रमुखका प्रत्यासी गोविन्द महतले आपसी सदभाव र भाइचारा कायम गर्दै सबै समुदाय मिलेर बस्नुपर्छ भन्ने सन्देश दिन आम सर्वसाधारणसहित नेताहरु सहभागी भएर ¥याली निकालिएको बताए ।

यस्तै, किसिमको सद्भाव ¥याली आज (बुधबार) बरहथवामा त्यहाँको नगरपालिकाको आयोजनामा निकालिँदै छ । केही दिन असाध्य अशान्त बनेको सदरमुकाम मलंगवा विस्तार शान्त बन्दै गइरहेको छ ।