logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सामाजिक सन्जालबाट सद्भाव बिथोल्न खोज्ने मलंगवाका शर्मा काठमाडौंमा समातिए


  • उज्यालो अभियान

मलंगवा – विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्वन्धलाई खलल पार्ने किसिमका सामग्री उत्पादन गरी सामाजिक सन्जालमार्फत प्रकाशन तथा प्रर्दशन गर्ने कार्यमा संलग्न मलंगवाका एक युवक काठमाडौंबाट पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका ९ घरभएका २० वर्षीय शनि शर्मालाई नेपाल प्रहरीको साइबर ब्यूरोले आज काठमाडौं महानगरपालिका २७ बाट पक्राउ गरेको हो । शर्माविरुद्ध विद्यूतीय कारोवार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा आजै काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

सर्लाही प्रशासनको सहयोगमा शर्मालाई साईबर ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो । मलंगवामा प्रदर्शन पत्थर हुँदै गइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी सामाजिक सन्जालमा जथाभावी लेखेर सद्भाव बिथोल्न खोज्नेलाई यसैगरी नियन्त्रणमा लिई कारवाही चलाउने चेतावनी दिइसकेको छ ।