logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरामा चक्कु प्रहारबाट एक जना गम्भीर घाइते, मलंगवामा उपचार चल्दै


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल । (तस्बीर : उज्यालो अभियान)

मलंगवा  – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकामा आइतबार साँझ चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

बलरा नगरपालिका–६, बस्ने १७ वर्षीय अनिस साहलाई सोही ठाउँका ५० वर्षीय मदन पासवानले पुरानो रिसिबीका कारण चक्कु प्रहार गरेका हुन् । हात र कुममा चक्कु प्रहारबाट घाइते अनिसको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।

चक्कु प्रहार गर्ने मदनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।