लालबन्दी वितरण केन्द्रको कार्यालय । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दी र हरिपुर फिडरमा आज (शनिबार) बिहानैदेखि विद्युत् अवरुद्ध छ ।
बागवानी जंगल क्षेत्रमा रुखका हाँगाबिगा काट्न लालबन्दी वितरण केन्द्र अन्तर्गतको लालबन्दी, पत्थरकोट, रानिगन्ज, परवानिपुर, घारिबथानलगायत क्षेत्रमा बत्ती काटिएको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहले जानकारी दिए । उनका अनुसार लालबन्दी वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अबको आधा/एक घन्टाभित्र बत्ती सूचारु हुने छ ।
त्यस्तै, हरिपुर फिडर अन्तर्गत हरिपुर, पिडारी, पिपरिया, पचगछिया क्षेत्रको विद्युत साँझ ५ बजेसम्म नै अवरुद्ध हुने वितरण केन्द्र प्रमुख साहले बताउनुभयो । हरिपुरको पचगछियामा रहेको सवस्टेशनमा मर्मतको काम चलिरहेकाले साँझसम्म बत्ती नआउने साहले बताए ।
बिहानैदेखि बत्ती अवरुद्ध हुँदा बिजुलीबाट हुने काम प्रभावित बनेका छन् ।