हरिवन – प्रेस सेन्टर नेपाल सर्लाहीका सदस्य अभिषेक यादवको १३ औँ दिनको पुण्यतिथीमा मानव सेवाश्रम हरिवनमा मिष्ठान्न भोजन गराइएको छ ।
प्रेस सेन्टर नेपाल सर्लाहीले दिवगंत यादवको सम्झनासहित उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै हरिवन नगरपालिका–१ कैलाशपुरीमा रहेको मानव सेवाश्रममा आश्रय दिएर राखिएकाहरुलाई एक छाक भोजन गराएको हो । सेन्टरका जिल्ला अध्यक्ष सिंगबहादुर थापा (श्रवण) सहित माओवादी केन्द्रका केन्द्रिय सदस्य अच्यूतम काप्mले, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), नेता राजकुमार यादवलगायतले कार्यक्रममा सहभागिता जनाए ।
धनकौल गाउँपालिका ४ महिनाथपुर घर भएका संचारकर्मी यादवको गएको भदौ २४ गते बरहथवा टाँडीमा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षको उमेरमा निधन भएको थियो ।