logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा अनिश्चितकालीन कर्फ्यू


  • उज्यालो अभियान

मलंगवा ३ को स्थिति । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् ।

आज मिति २०८०।०६।०४ गते बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० ९१० ९३० बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ, प्रजिअ यादवले जारी गरेको आदेशमा उल्लेख छ ।

साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

कर्फ्यू अवधिमा पुरानो मलंगवा नगरक्षेत्र ९पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्म० सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न पाइने छैन ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिने आदेशमा लेखिएको छ ।

डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्ररुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो ।