logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा अश्रुग्याँस प्रहार, स्थिति साम्य पार्ने प्रयास हुँदै


  • उज्यालो अभियान

मलंगवा ३ को स्थिति । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – गणेश पूजाको मूर्ति विर्सजन गर्नेक्रममा सर्लाही सदरमुकाम मलंगवामा तनाव उत्पन्न भएको छ ।

मलंगवा नगरपालिका वडा नं. ३ मा झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भीड नियन्त्रणका लागि केही शेल अश्रुग्याँस प्रहार गरेको छ । अहिले पनि ठूलो भीड जम्मा भएर बसेकाले प्रहरीले स्थिति साम्य पार्ने प्रयास जारी राखेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए । घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ । पछिल्लो केही सातायता सदरमुकाम मलंगवा बारम्बार अशान्त बनिरहेको छ ।