logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको उत्तरी भेगमा खण्डवृष्टि


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको उत्तरी भेगमा बुधबार अपरान्हपख खण्डवृष्टि भएको छ ।

यहाँको लालबन्दी, ईश्वरपुरलगायत उत्तर–पूर्वी भेगमा मौसम बद्ली भई ठाउँ–ठाउँमा पानी परेको हो । उत्तरी भेगमा मंगलबार साँझ पनि खण्डवृष्टि भएको थियो । तर, दक्षिणी भेगमा भने पानी पर्न ठप्प नै छ ।

सर्लाहीमा अहिले धान बाली पसाउन थालिसकेको छ । धान पसाउन थालेका किसान एक/दुई झर पर्याप्त पानी परिदिए हुन्थ्यो भन्ने आशमा बसेका छन् ।

अन्य भेगमा कुलो तथा नहरको पानी लागेपनि उत्तरी भेगमा पर्ने लालबन्दी, हरिवन, ईश्वरपुर नगरपालिका तथा पूर्वी भेगका हरिपूर्वा, चन्द्रनगरलगायतका क्षेत्रमा आकाशे वर्षाको भर छ । यो वर्ष अहिलेसम्म धान बाली रामै्र रहेकाले अब केही साता वर्षाले साथ दिए धानको फलाई राम्रो हुने आश किसानमा छ ।
यहाँ यस वर्ष धान खेती हुने ४६ हजार ५ सय हेक्टर जग्गामध्ये झण्डै ९० प्रतिसत खेतमा रोपाइँ भएको छ । मौसममा आएको बदली पछि यहाँ गर्मी केही कम भएको छ ।