logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दीप प्रज्वलन गरी मलंगवामा संविधान दिवसलाई स्वागत


  • उज्यालो अभियान

मलंगवा – सदरमुकाम मलंगवामा मंगलबार साँझ दीप प्रज्वलन गरी संविधान दिवसलाई स्वागत गरिएको छ ।

बुधबार संविधान दिवस मनाइँदै । त्यसको पूर्व सन्ध्यामा मंगलबार साँझ मलंगवास्थित शहीद चोकमा दीप प्रज्वलन गरी संविधानको स्वागत गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीसहित अन्य अभियन्ता सहभागी भए ।

दिवसको पूर्व सन्ध्यामा बिहान प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितको उपस्थितिमा सरसफाई गरियो । अब बुधबार मलंगवामै प्रभातफेरि, झण्डोत्तोलन लगायथका कार्यक्रम आयोजना गरिएको छ ।