logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा र गडहीया वितरण केन्द्रमा भोली ८ घण्टा बिजुली अवरुद्ध हुने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको मलंगवा र गडहीया वितरण केन्द्रबाट प्रवाह हुने बिजुली भोली (बुधबार) ८ घण्टा अवरुद्ध हुने भएको छ ।

मलंगवा वितरण केन्द्रले मंगलबार साँझ सूचना जारी गर्दै मलंगवा वितरण केन्द्र अन्तर्गत मलंगवा तथा गडहीया सव–स्टेशनबाट सेवा प्रवाह हुने ३३ केभी लाईन अत्यधिक गर्मीका कारण ओभरलोड भई पटक–पटक तार चुँडिने भइरहेको हुँदा सो लाईन मर्मत गर्न मंगलबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेम्म बत्ती काटिने उल्लेख गरेको हो ।

उक्त सूचनामा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म असोज महिना भरी धेरै विद्युत् खपत गर्ने विद्युतीय उपकरण नचलाई सहयोग गरिदिन अनुरोध समेत गरिएको छ । सोमबार बेलुका अत्यधिक बिजुली कटौति भएपछि मलंगवा वितरण केन्द्र अन्तर्गतका ग्राहकले आक्रोश पोखेका थिए ।

त्यसपश्चात प्राधिकरणले आज सूचना निकालेर भोली मर्मत गर्न लागिएको र यो गर्मीभर लोड थेग्न नसकेर विद्युत् अनियमित हुने जनाउ दिएको हो । उखरमाउलो गर्मी भइरहेको अहिलेको समयमा अनियमित विद्युत् कटौतिले सर्लाहीवासी हैरान भइरहेका छन् ।