प्रतिकात्मक तस्बिर ।
कौडेना – सर्लाहीको कौडेना गाउँपालिका–३, मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोही ठाउँका चन्दन पासवानका छोरा वर्ष ४ का रितिक पासवानको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीको डिलमा खेल्नेक्रममा बालक स्थानीय हरिदेव चौधरीको पोखरीमा डुबेका थिए ।
बालकलाई गाउँकै स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनायो ।