logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रेस सेन्टर सर्लाहीको लेटरहेड र छाप दुरुपयोग, कारवाहीका लागि उजुरी


  • उज्यालो अभियान

बागमती – प्रेस सेन्टर नेपाल सर्लाहीको लेटरहेड र छाप दुरुपयोग गर्नेलाई कानूनी कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिइएको छ ।

संगठनको सदस्य समेत नरहने गरी यसअघि नै कारवाही गरिएका शंकर पहाडी र रमेश अधिकारी (रितिक) ले संगठनको लेटरहेड र छाप दुरुपयोग गरी व्यक्तिगत स्वाथपूर्तिमा संगठनको नाम दुरुपयोग गरेको भन्दै कानूनी बमोजिम कारवाही गर्न माग गरिएको हो । गएको चैत ८ गते बागमतीमा केन्द्रिय सदस्य जनार्दन पोखरेलको अध्यक्षता तथा संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज गोविन्द देवकोटा, महासचिव सन्तोष पौडेललगायतको विशिष्ठ आतिथ्यता र प्रदेश कमिटीका अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्तालगायतको आतिथ्यतामा संगठनको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको थियो ।

उक्त सम्मेलनबाट सिंगबहादुर थापा (श्रवण) को नेतृत्वमा १३ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत रुपमा गठन गरिएको थियो । सो समिति बनेपछि पनि शंकर पहाडीले आफूलाई अध्यक्ष र रमेश अधिकारीले आफूलाई सचिव भनी लेटरहेड र छाप दुरुपयोग गरेको प्रेस सेन्टर सर्लाहीले विज्ञप्ती निकालेर जानकारी गराएको छ ।

अराजक हिसाबले संगठनको नाममा लेटरहेड र छाप दुरुपयोग गरी भ्रम सिर्जना गर्ने पहाडी र अधिकारीलाई कानूनको कठघारामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ । यसरी संगठनलाई बद्नाम गर्ने अराजक गतिविधि नियन्त्रणका लागि पार्टी तथा संगठनको सम्पूर्ण तह, तप्कासँग विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।