logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

राष्ट्रिय भूमि अधिकार मञ्च मधेश प्रदेशको अध्यक्षमा पुन : विश्वकर्मा


  • उज्यालो अभियान

बागमती – राष्ट्रिय भूमि अधिकार मञ्च मधेश प्रदेशको अध्यक्षमा पुन : सर्लाहीका मदनबहादुर विश्वकर्मा चयन भएका छन् ।

‘सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमिन किसानलाई’ भन्ने नारासहित मंगलबार बागमती नगरपालिका–१ मा रहेको मञ्चको जिल्ला कार्यालयमा भएको प्रथम प्रदेश अधिवेशनले विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । ईश्वरपुर नगरपालिका १२ घारिबथान निवासी विश्वकर्माले लामो समयदेखि भूमिहिन सुकुम्वासीको पक्षमा काम गर्दै आइरहेको छ ।

नवगठित कार्य समितिको अध्यक्षमा विश्वकर्मासहित उपाध्यक्षमा पर्साकी सीता लामा, सचिवमा रौतहटका अनुप माझी, कोषाध्यक्षमा सप्तरीकी सोभिता कुमारी राम, सहसचिवमा बाराका टिकाबहादुर अधिकारीलगायत अन्य सदस्य रहेका छन् । अधिवेशनमा मधेश प्रदेशको ८ जिल्लाबाट आठ–आठ जनाको दरले जिल्ला प्रतिनिधि सहभागी भएका थिए ।

मञ्चका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका विश्वकर्माकै अध्यक्षता तथा केन्द्रिय सदस्य फौदसिंह स्याङ्बाको प्रमुख आतिथ्यतामा प्रदेश अधिवेशन सम्पन्न भएको हो ।