logo
  • बुधबार, भदौ १०, २०८३ / Wednesday, Aug, 26 ,2026

सँस्कृति जोगाउँदै सोल्टीका युवा, ५० औं इन्द्रजात्रा मेलाको तयारी


  • उज्यालो अभियान

मेलाको तयारीमा जुटेका युवा । (तस्बीर : घनश्याम/उज्यालो)

घनश्याम बलम्पाकी/सोल्टी – सर्लाहीको बागमती नगरपालिका ८ र १० शंकरपुर सोल्टी बजारमा ५० औं इन्द्र जात्रा मेला महोत्सव हुने भएको छ ।

प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सव यस बर्ष पनि हुने भएको हो ।

सोल्टी यूवा क्लव र स्थानीय युवा समुहमा आवद्ध युवाहरको संयुक्त आयोजना रहेको मेलामा ऐतिहासिक सँस्कृतिक जोगाउने उद्देश्यसहित प्रदेश स्तरिय खुल्ला डान्स प्रतियोगीता, आर्केष्ट्रा, कुस्ती, बिभिन्न खेल तमासा, रोटेपीङ र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने छ । असोज १० गतेबाट सूरुभइ १३ गतेसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादनका साथै विभिन्न व्यापारिक स्टलसमेत रहने महोत्सव मुल आयोजक समितीका अध्यक्ष तारा लामाले जानकारी दिए । १० गते महोत्सव उद्घाटन रहने छ भने ११ गते स्थानीय कलाकारहरुको नृत्य रहने छ ।

त्यसैगरी १२ गते आर्केष्ट्रा र १३ गते साँझबाट प्रदेश स्तरीय खुल्ला डान्स प्रतियोगिता हुने बताइएको छ । यस बर्ष प्रतियोगितामा प्रथमका लागि ५१ हजार दोस्रो ३१ हजार तेस्रो २१ हजार र सान्त्वनाका लागि छ हजार १ सय रुपियाँ पुरस्कारको राशी राखिएको महोत्सव मुल आयोजक समितीका अध्यक्ष लामाले बताए ।

त्यस्तै, कुस्ती प्रतियोगिता जित्नेले १ हजार एक सय पाउने छन भने पराजित हुनेले ५५० पाउने छ्न ।

महोत्सवको विशेष आकर्षण मानिने खुल्ला डान्स प्रतियोगिताका लागि निर्णायकको लागि नेपाली चलचित्रका नृत्य निर्देशक रहने सोल्टी यूवा क्लवका अध्यक्ष टेक बहादुर बुर्जा मगरले बताए । उनका अनुसार महोत्सवलाई ब्यबस्थित बनाउनका लागि बिभिन्न बिधाका उपसमिति चयन भइसकेको र उनिहरुले जिम्मेवारीको काम सुरु गरिसकेको छ ।

बिभिन्न ब्यापारिक प्रयोजनका लागि ब्यापारीहरुले महोत्सव मूल आयोजक समितीका अध्यक्ष तारा लामा ९८४०८०८०१२ तथा स्टल संयोजक मंगली भन्ने मोहम्मद मुर्ताजा लाइ सम्पर्क गरी स्टल सुरक्षित गर्न ब्यापारीहरुलाइ अनुरोध समेत गरेको छ । त्यसै गरी खुल्ला नृत्य प्रतियोगिताका लागि लामा जेनरल स्टोर्सका संचालक पदम लामा ९८४४०५८९७१ मा सम्पर्क गरी आफ्नो टिम दर्ता गर्न सकिने आयोजकले बताएको छ ।

महोत्सब आयोजनाका लागि ८ लाखको हाराहारीमा खर्च हुने आयोजकले अनुमान गरेको छ । उक्त खर्च ब्यबस्थापनका लागि बागमती नगरपालीका, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोग रहने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका १० शंकरपुर सोल्टी बजारमा पचासौ बर्षदेखि आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सव बिशेष गरी इन्द्र जात्राको निरन्तरता, सोल्टी बजारको बिकास, स्थानीय उत्पादनको प्रबद्र्धन, स्थानीय कलाकारको प्रतिभाको खोजी र सामाजिक सद्भावको उदेश्य राखी प्रत्येक बर्ष आयोजना हुदै आइरहेकोले स्वदेश तथा बिदेशको बिभिन्न ठाउँमा रहनु हुने र सम्पुर्ण नगरवासीसंग सहयोगको अपिल समेत गरेको आयोजकले जनाएको छ ।