मलंगवा – नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि हिजो काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोधमा आज सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको छ ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुल दल सर्लाहीले संयुक्त रुपमा विरोध ¥यालीसहित टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्रीको राजिनामा माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरे । पार्टी कार्यालयबाट नाराबाजी गर्दै निस्किएका नेविसंघ र तरुण दलका कार्यकर्ताले बाल मन्दिर अगाडि आएर टायर बाली प्रदर्शन गरेका हुन् ।
सांघातिक आक्रमणबाट घाइते कांग्रेस नेता यादवको ट्रमा सेन्टर काठमाडौंमा उपचार जारी छ । उहालाई खुकुरी प्रहार गर्ने व्यक्ति काठमाडौं प्रहरीको नियन्त्रणमा छन् ।