logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चौरीमा घाँस काटन गएकी महिलाको कानबाट सुन लुटियो, महिला गम्भीर घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

ब्रम्हपुरी – नेपाल भारत सीमा नजिक पर्ने सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरमा बुधबार मध्यान्ह एक महिलाको कानबाट सुन लुटिएको छ ।

त्रिभुवननगरका स्थानीय कैलाश रायकी श्रीमती वर्ष ६० की सुमित्रा देवी राय मध्यान्ह १२ः३० बजेतिर गाउँभन्दा उत्तर–पूर्व पर्ने बलुवा भन्ने चौरीमा घाँस काट्न गएका बेला एक जना अपरिचित व्यक्तिले कानमा लगाएको सुन लुटेर लगेका हुन् । सुन खोस्ने क्रममा सुमित्रा देवीको कानमा काटिएको छ भने टाउकोमा समेत ६ इन्च लम्बाई र २ इन्च चौडाई काटेको छ ।

महिलालाई घाँस काटेकै ठाउँमा स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए । उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लगिएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले घटनाको अनुसन्धान सुरु गरी सुन लुटेर फरार रहेका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।