logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कुहिरो लागेर धुम्म भएको मौसम विस्तारै उघ्रिँदै


  • उज्यालो अभियान

लालबन्दी – बिहान कुहिरो लागेर धुम्म भएको सर्लाहीको मौसम विस्तारै उघ्रिएर घाम लाग्न थालेको छ ।

सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा कुहिरो हटेर चर्को घाम लाग्न थालेको छ भने पूर्व–पश्चिम राजमार्ग क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, बागमती क्षेत्रमा विस्तारै मौसम उघ्रिँदै गइरहेको हो ।

सर्लाहीमा केही दिनदेखि मौसम यसैगरी धाम्मधुम्म हुने, बेलाबेलामा छिटफुट वर्षा हुने र चर्को घाम लाग्ने भइरहेको छ । मौसममा छिनछिनमै बद्ली आइरहँदा यहाँ गर्मी भने कम हुन सकेको छैन् । मध्य भदौ पार गरेकाले अब विस्तारै गर्मी घटेर चिसो पस्दै जाने आश स्थानीयले गरेका छन् ।

तराईवासीले यस वर्ष चैत, बैशाखदेखि नै अत्यन्त तातो हावा र चर्को गर्मी महसुस गरेका छन् । यहाँ पानी परुन्जेल गर्मी केही घटेपनि पानी पर्न रोकिनासाथ अत्यधिक गर्मी हुने गर्छ ।

अघिल्ला वर्षहरुमा झैँ यो वर्ष पानी कम परेको स्थानीयले बताएका छन् । बेलाबेलामा पानी परिरहेकाले अहिलेसम्म धान बाली राम्रै रहेको किसानको भनाई छ ।