बरहथवा – सर्लाहीको बरहथवास्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र परिसरमा निर्माण गरिएको विश्वकर्मा मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ ।
मन्दिरको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका निर्देशक मुनेन्द्र ठाकुर र बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा प्राधिकरणको प्रदेश निर्देशक ठाकुरले बरहथवा नगरपालिकालाई कृषि विद्युतीकरणका लागि २० थान ट्रान्सफर्मर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।