पत्थरकोट – अघिल्ला वर्षहरुमा झैँ यो वर्ष पनि सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटका स्थानीय नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । ्
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा उनीहरुको लिंग बनाएर सिँगारी पत्थरकोट गाउँमा परिक्रमा गराई यो पर्व मनाइएको स्थानीय भिमशेन गुठीका सदस्य खड्गबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पत्थरकोट क्षेत्रमा गएको वर्ष नेवार समुदायबाट रामबहादुर श्रेष्ठ र होममाया श्रेष्ठको निधन भएको थियो ।
पत्थरकोटका नेवार समुदायले केही विर्षदेखि यसरी वर्षेनि झाँकीसहितको कार्यक्रम गरेर गाईजात्रा पर्व मनाउँदै आएका छन् । हरेक वर्ष झैँ यो वर्ष बिहीबार पनि सोही प्रकारको कार्यक्रम गरिएको र अब शुक्रबार गाईजात्रा अन्तर्गतकै रोपाइँ जात्रा गरिने स्थानीय नेवार समुदायले बताएका छन् ।
यस्तै, सदरमुकाम मलंगवामा पनि न्यून संख्यामा रहेका नेवार समुदायले दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा पर्व मनाएका छन् ।