logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पुल निर्माणमा खटिएका मजदुरको करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

अत्रौली – उत्तरी भेगमा पर्ने सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौली लालभित्तीमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ ।

लालभित्तीस्थित नयाँ पक्की पुल निर्माणमा खटिएका बर्दिया जिल्लाको बाँसगढी नगरपालिका घर भएका २८ वर्षीय अशोक चौधरीको ज्यान गएको हो ।

बिजुलीको पोलमा रहेको तारमा अचानक छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।