हरिवन – नेकपा एकीकृत समाजवादी पार्टीका हरिवन नगर कमिटी अध्यक्ष सुकदेव कार्की आइतबार नेकपा एमालेमै फर्किएका छन् ।
कार्कीलाई आइतबार बिहान एक अनौपचारिक कार्यक्रमका बीच एमालेका नेताहरुले अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । एमाले नेताहरु डिल्ली प्रसाद उप्रेती, विदुर प्याकुरेल, राजकुमार उप्रेती, चूडामणि वाग्लेलगायत भएर कार्कीलाई पार्टीमा प्रवेश गराएका हुन् ।
पूर्व मधेश प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती पनि केही दिनअघि मात्रै समाजवादी त्यागेर एमालेमा फर्किएका थिए ।