बरहथवा – सर्लाहीको बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पसमा स्नातक तहको परीक्षा हलबाट नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।
हरिवनका स्ववियु सभापतिकै स्थानमा नक्कली परिक्षार्थी फेला परेको प्रहरीले जनाएको छ । हरिवनस्थित चतुर्भुजेश्वर बहुमुखी क्याम्पसमा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा निर्वाचित प्रेमराज दाहालको स्थानमा अन्य विद्यार्थीले परिक्षा दिइरहेको फेला परेको हो ।
स्नातक तह अन्तर्गत मानविकि सास्त्रको दोस्रो वर्षको परिक्षामा स्ववियु सभापति दाहालको ठाउ“मा अर्कै परिक्षार्थीले परिक्षा दिइरहेको फेला परेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । पक्राउ परेका नक्कली परिक्षार्थीको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए । यद्यपी दाहाल भने नियन्त्रणमा आउन सकेका छैनन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस पटक हरिवनस्थित चतुर्भुजेश्वर बहुमुखी क्याम्पसको स्नातक तहको परिक्षा बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पसमा भइरहेको छ ।