logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नारायणपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ


  • उज्यालो अभियान

नारायणपुर – सशस्त्र प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका–३, नारायणपुरबाट शुक्रबार बिहान विभिन्न लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोेर्डर आउट पोष्ट (बीओपी) सङ्ग्रामपुरबाट खटिएको गस्ती टोलीले ईश्वरपुर नगरपालिका–१५, सोकनाहका २५ वर्षीय विजय राउतलाई लागूऔषधसहित पक्राउ गरेको हो । राउतले प्रदेश नं. २–०३–०२२ प ४२८ नम्वरको मोटरसाइकलमा ट्याङकीभित्र लुकाएर ल्याउँदै गरेको नाइट्रोभेट ट्याब्लेट १० पत्ता (३०० पिस), स्पाक्मो प्रोक्सीभन ट्याब्लेट छ पत्ता (१४४ पिस) र वनरेक्स ३९ बोतल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका राउतलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । बीओपी सङ्ग्रामपुरले गएको शनिबार मात्रै पर्सा गाउँपालिका ६ स्थित सीमा क्षेत्रबाट दुई थान पेस्तोल र त्यसमा लाग्ने १९ राउण्ड गोलीसहित दुई युवकलाई पक्राउ गरेको थियो ।