लालबन्दी – एनएमबी बैंकको लालबन्दी शाखाले शुक्रबार लालबन्दी नगरपालिका १७ रानिगन्जमा रहेको फौदसिंह जनता माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बैंकले वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्वन्धी प्रशिक्षण प्रदान गरेको हो । विद्यार्थीलाई विद्यमान बैंकिङ प्रणाली सम्वन्धी ज्ञान दिने उद्देश्यले वित्तीय साक्षरता तथा डिजिटल सचेतना कार्यक्रम संचालन गरिएको बैंकका शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।
आचार्यसहित बैंकका कर्मचारीले विद्यार्थीलाई शुक्रबार बिहान विद्यालयमै पुगेर बचत किन गर्ने, शैक्षिक कर्जा, शेयर, एसआईपी, बैंकिङ कसुरलगायत सम्वन्धी प्रशिक्षण प्रदान गरेका हुन् ।