यो पुरानो तस्बीर हो ।
हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईन क्षेत्रमा बिहीबार राति जंगली हात्ती देखा परेको छ ।
चिताईन गाउँदेखि उत्तरतर्फको जंगल हुँदै हात्ती धान खेतैखेत पश्चिमतर्फ लागेको वडाध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए । उनका अनुसार हात्ती वन क्षेत्रमा हेराबेरा गरिएको बिजुलीको ३÷४ वटा खम्बा ढालेर अगाडि बढेको छ ।
केही दिनअघि मात्रै जंगली हात्तीले ईश्वरपुर नगरपालिकाको श्रीनगर र सागरनाथ क्षेत्रमा स्थानीयको घर भत्काउने र धान बालीमा क्षति पुर्याउने गरेको थियो ।