logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गृहमन्त्री श्रेष्ठ पुल शिलान्यास गर्न लालबन्दी आउने कार्यक्रम स्थगित


  • उज्यालो अभियान

लालबन्दी – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही आउने कार्यक्रम स्थगित भएको छ ।

मन्त्री श्रेष्ठ लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर र वडा नं. १२ जियाजोरलाई जोड्ने गरी लखन्देही खोलामा बन्न लागेको पुलको शिलान्यास गर्न भोली (शरिबार ) लालबन्दी आउने कार्यक्रम थियो । तर, निरन्तरको वर्षापछि उनी लालबन्दी आउने कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रका नेता श्याम श्रेष्ठले निरन्तरको वर्षापछि पुल शिलान्यास स्थलसम्म पुग्न समस्या हुने देखिएपछि तत्कालका लागि कार्यक्रम स्थगित गरिएको र छिट्टै अर्को मितिमा शिलान्यास कार्यक्रम तय गरिने बताए । कार्यक्रमस्थलको शुक्रबार बिहान लालबन्दीका मेयर बासुदेव अधिकारी, हरिवनका मेयर रमेश बुढाथोकी (कमल), प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले निरीक्षण गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी यादवले पानी परिरहेको र लालबन्दी तथा हरिवन दुवै तर्फबाट खोलासम्म पुग्न समस्या हुने देखिएपछि कार्यक्रम स्थगित गरिएको बताए । लालबन्दी नगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गरी गृहमन्त्रीको कार्यक्रम स्थगित भएको जानकारी गराएको छ ।

मेयर बासुदेव अधिकारीले वर्षाका कारण हाललाई पुल शिलान्यास कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।