logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कौडेनामा गाँजासहित दुई भारतीय नागरिक पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – कौडेनाबाट प्रहरीले बिहीबार दिउँसो गाँजासहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ ।

कौडेना गाउँपालिका–२ स्थित लखन्देही पुल नजिक प्रहरीले जाँच गर्ने क्रममा गाँजासहित भारतीय सीमावर्ती बजार सोनवर्षाका ३५ वर्षीय मनोज राय र ३७ वर्षीय प्रमोद रायलाई नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० एएच ४३२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुको साथबाट दुई किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।