logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैताको जयपुरमा दुई सातापछि बिजुली सूचारु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

गोडैता – सर्लाहीको गोडैता नगरपालिका–२, जयपुरमा दुई सातापछि बिहीबारदेखि विद्युत् नियमित भएको छ ।

ट्रान्सफर्मर खराब हुँदा स्थानीय दुई सातासम्म अन्धकारमा बस्न बाध्य थिए । नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले बिहीबार दिउँसो नयाँ ट्रान्सफर्मर ल्याएर जडान गरेपछि विद्युत् सूचारु भएको हो ।

मधेश प्रदेश सभाका सदस्य फकिरा महतोले प्राधिकरणको मलङ्गवा वितरण केन्द्र र प्रादेशिक कार्यालय जनकपुरमा निरन्तर पहल गरी आज नयाँ ट्रान्सफर्मर जडान गरिएको जानकारी दिए । अत्यधिक गर्मीको समयमा दुई सातासम्म विद्युत् अनियमित हुँदा स्थानीय हैरान भएका थिए ।

प्रदेश सभा सदस्य महतोका अनुसार प्रादेशिक कार्यालय जनकपुरमा समेत ट्रान्सफर्मर नभएपछि प्रादेशिक कार्यालय हेटौंडाबाट ल्याएर नयाँ ट्रान्सफर्मर जडान गरिएको हो । ट्रान्सफर्मरको माग गर्दै प्रदेशसभा सदस्य महतो, नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेश यादवसहितको टोली जनकपुरस्थित प्रादेशिक कार्यालयमै पुगेको थियो ।

विद्युत् नहुँदा स्थानीयले मोवाइल चार्ज गर्न समेत पाएका थिएनन् । बिहीबारबाट विद्युत् आएपछि विद्युत्बाट हुने सबै काम नियमित भएका छन् ।