बागमती – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा रहेको पशुपति र लक्ष्मीनारायण मन्दिरमा बुधबार बिहान सरसफाई गरिएको छ ।
स्थानीय वासिन्दा र भैरवी दलगणका नेपाली सेनाको सहभागितामा मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
सेनाका उप–सेनानी विष्णुबहादुर कुमालको नेतृत्वमा सेना र जनश्रमदानबाट मन्दिर परिसरमा झाँडी बुट्यान सरसफाई, माटो मिलाउने र फूलविरुवा रोप्ने काम गरिएको स्थानीय प्रकाश के.सी. ले बताए ।