logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मिटरब्याज : साहुको माग २० लाख, ११ लाख रुपियाँमा सहमती


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलङ्गवामा एक जना साहुले २० लाख १५ हजार रुपैयाँ माग गरेकोमा ११ लाख रुपैयाँमा सहमती गरिएको छ ।

मलंगवा नगरपालिका २ का फेकु रायले मलंगवा नगरपालिका ३ का जोगिन्द्र साह सुनारलाई २० लाख १५ हजार रुपैयाँ तिनुपर्ने भनि माग भएकोमा बुधबार जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज) पीडित सहयोगी कार्यदलमा सो सहमती गरिएको हो । सहमति अनुसार फेकु रायले जोगिन्द्र साह सुनारलाई साँवा ८ लाख ८७ हजारको वार्षिक १० प्रतिसतको दरले ब्याज २ लाख १३ हजार रुपैयाँ समेत गरी ११ लाख रुपैयाँ नगद नै फिर्ता गरेका छन् ।

रायले सुनारलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतोको उपस्थितिमा रकम हस्तान्तरण गरेका हुन् । सहमती अनुसार साहु सुनारले रायको एक कठ्ठा १५ धुर जग्गा फिर्ता गर्ने र तमसुक कागज फिर्ता गर्ने समेत उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवाले कार्यालयमा दर्ता भएका मिटरब्याजीविरुद्धको उजुरीविरुद्ध अहिले छलफल चलाएर मिलापत्र गर्ने काम गरिरहेको छ ।