गैर – लक्ष्मी लघुवित्त वित्तीय संस्था गैर शाखा सर्लाहीले आफ्ना ग्राहक सदस्यका सन्तान मध्येको उत्कृष्ट एकजनालाई उच्च शिक्षाका लागि छात्रबृत्ति प्रदान गरेको छ ।
लघुवित्तको गैर शाखाले ग्राहक संरक्षण कोसबाट ग्राहक मध्येका उत्कृष्ट कविलासी नगरपालिका–६ का सदस्य शिव कुमारी देवीकी छोरी बिपासा कुमारी ठाकुरलाई बुधबार छात्रवृत्ति वापत नगद रु ५ हजार प्रदान गरेको हो । सो रकम उच्च शिक्षा हासिल गर्नका लागि प्रदान गरिएको संस्थाका प्रवन्धक सुदर्शन भण्डारीले बताए । छात्रवृत्तिका लागि ६ जना सदस्यले आवेदन फारम भरेका थिए । संस्थाले सो कोसबाट आफ्ना सदस्यलाई सुत्केरी भत्ता, दैवी प्रकोपबाट छती हुँदा, श्रीमानको मृत्यु भएमा आर्थिक सहयोग गर्दै आएको छ ।
संस्थाले अपांगता भएका सदस्यहरुलाई समेत आर्थिक सहयोग गर्दै आएको प्रवन्धक भण्डारीले जानकारी दिए ।