logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विधुतका ६५ जना कर्मचारीको निःशुल्क आँखा परीक्षण


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रका कर्मचारीलाई मंगलबार निःशुल्क आँखा परीक्षण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालद्धारा संचालित आँखा उपचार केन्द्र बयलवासको आयोजना तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा वितरण केन्द्रमा काम गर्ने कर्मचारीको निःशुल्क रुपमा आँखा जाँच गरिएको हो । अहिले जताततै आँखा पाक्ने रोग देखा परिरहेकाले त्यसैलाई मध्यनजर गर्दै विद्युत्का सम्पूर्ण कर्मचारीको निःशुल्क आँखा जाँच गरिएको र प्राधिकरणले आफ्ना कर्मचारीलाई औषधि तथा चश्मा समेत निःशुल्क वितरण गरेको आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले बताए ।

प्राधिकरणको वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहको अध्यक्षतामा आयोजित आँखा शिविरमा आँखाका स्वास्थ्यकर्मी चन्द्रमणि राम र राकेश प्रसाद साहले आँखा परीक्षण गरे ।