logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रदेशका गृह र स्वास्थ्य मन्त्रीद्वारा बागमती नदी प्रभावित क्षेत्रको निरीक्षण 


  • उज्यालो अभियान

हजरिया  – मधेश प्रदेश सरकारका गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिम र स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले आइतबार सर्लाहीको पश्चिमी भेगस्थित बागमती नदी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

वर्षा भएर बागमतीमा बाढी आई विभिन्न स्थानमा कटान तथा डुबानको अवस्था सिर्जना भइरहेका बेला प्रदेश सरकारका मन्त्री द्वय समिम र सिंहले बागमती नदी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । उनीहरुले बागमती नदीको हजरिया, महिनाथपुर, खैर्बालगायतको स्थानमा पुगेर नदीको कटान तथा बाढीको अवस्थाबारे जानकारी लिएका छन् ।

केही दिनदेखि वर्षा भइरहँदा सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जल सतह बढिरहेको छ । सो सन्दर्भमा प्रदेशका दुई जना मन्त्री आएर स्थानीय प्रहरी प्रशासनसहित अनुगमन गरेर फर्किएका छन् ।

त्यसक्रममा मन्त्री द्वयले सुरक्षा निकायका प्रमुखलाई अस्थायी तटबन्ध निर्माणमा जुटेर बस्ती तथा खेतबारी जोगाउने काममा लाग्न निर्देशन दिएका बुझिएको छ ।