logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यक्रम


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा शुक्रबार लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सम्पन्न गरिएको छ ।

डेंगु ज्वरो सम्वन्धी सर्च एण्ड डिस्ट्रोय कार्यक्रम गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए । चौधरीका अनुसार जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक अगुवालगायतको उपस्थितिमा हरिवन ११ स्थित बजार क्षेत्रमा विभिन्न टायर ग्यारेज, मोटरसाइकल मर्मत गर्ने ग्यारेजलगायतमा जथाभावी टायर नफाल्न, स्थानीयलाई झुल लगाएर मात्रै सुत्न, घर वरपर सरसफाई गर्न, लामखुट्टेको टोकाईबाट जोगिन सचेत गराइएको स्वास्थ्य शाखाका संयोजक चौधरीले बताए ।

बजार क्षेत्रमा सचेतना फैलाउने कार्यमा मेयर रमेश बुढाथोकी (कमल), स्वास्थ्य शाखा संयोजक चौधरीलगायत आफै सरिक भए ।