रानिगन्ज – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित कालिन्जोर खोलाको चौरमा आयोजित लालबन्दी नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जनज्योति माध्यमिक विद्यालय लालबन्दी ९ ले जितेको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा एभरेष्ट आवासिय विद्यालय लालबन्दी ५ लाई ३८ रनले पराजित गर्दै जनज्योति च्याम्पियन बनेको हो । प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई नगदसहित शिल्ड र प्रमाण–पत्र प्रदान गरिएको आयोजक लालबन्दी राइजिङ क्लबका सुरज थापाले जानकारी दिए ।
बिजेता तथा उपबिजेता विद्यालयलाई लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारी र उपप्रमुख कल्पनामाया पाख्रिनलगायत भएर पुरस्कार वितरण गरेका छन् ।