logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीबाट एसईईको ग्रेडवृद्धि परीक्षामा ३ हजार ८४५ परीक्षार्थी सामेल


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा – सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ हजार ८ सय ४५ परीक्षार्थी सामेल भएका छन् ।

गे्रडवृद्धि परीक्षा आजबाट सुरु भएको छ । परीक्षा भोलीसम्म चल्ने शिक्षा विकास तथा समन्वय इकाई मलंगवाका निमित्त प्रमुख अशोक रौनियारले उज्यालो अभियानसँग बताए । रौनियारका अनुसार विद्यार्थीले आज पहिलो दिनको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको छ । ११ बजेसम्म चल्ने छ ।

आधाजसो विषयको आज र बाँकीको भोली गरी दुई दिने परीक्षा तय गरिएको हो । एसईईको ग्रेडवृद्धि परीक्षाका लागि जिल्लाभर ८ वटा परीक्षा केन्द्र तोकिएको छ । २० वटा पालिकाका ३ हजार ८ सय ४५ विद्यार्थीलाई पायक पर्ने हिसाबले ८ वटा परीक्षा केन्द्र कायम गरिएको निमित्त इकाई प्रमुख रौनियारले बताए ।

परीक्षालाई मर्यादित बनाउन आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको परीक्षा संचालन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।