प्रतिकात्मक तस्बिर ।
लालबन्दी – चुरेभेगमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, अड्डीमा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ ।
विकट चुरेभेगस्थित अड्डीका वीर गुप्ते मुक्तानको घरमा आएका सिन्धुलीको कमलामाई नगरपालिका–८, बस्ने २६ वर्षीय प्रशान्त पाख्रिनको कुवामा डुबेर मृत्यु भएको हो । आफन्त मुक्तानको घरदेखि करिव सय मिटर दुरीमा रहेको कुवामा पानी खान गएका बेला प्रशान्तको सोही कुवामा डुबेर मृत्यु भएको हो ।
धेरैबेरसम्म पनि फर्किएर नआएपछि खोज्दै जाँदा प्रशान्तलाई कुवाभित्र मृत फेला पारिएको स्थानीयले बताएका छन् । मृतक युवक छारे रोगको बिरामी रहेका प्रहरीले जनायो ।