logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके जंगलको अमुवा पुलमा ट्रकको पट्टा भाँचियो, राजमार्ग अवरुद्ध


  • उज्यालो अभियान

पूर्व पश्चिम राजमार्गमा भएको जाम । (फाइल तस्बीर)

रानिगन्ज – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा ट्रकको पट्टा भाँचिदा पूर्व–पश्चिम राजमार्ग (हाईवे) अहिले अवरुद्ध छ ।

आज (बुधबार) बिहान साँढे ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ५४८६ नम्वरको ट्रकको पट्टा बाँके जंगलस्थित भत्किएको लच्का नजिकै अमुवा पुलमा आएपछि भाँचिएको हो । ट्रक पुलमै रोकिएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवास र प्रहरी चौकी फूलजोरबाट गएका प्रहरीले ट्रकलाई पुलबाट हटाएर राजमार्ग खुलाउने प्रयास गरिरहेका छन् ।